मुस्लिम समुदायले हर्षोल्लासमा इद पर्व मनाइरहेका छन् । तर, अकोलवा–८ बलुवा टोलको एउटा घरमा यो वर्ष पर्वको कुनै रौनक छैन ।
२९ साउनको राति जग्गाका विवादमा बलुवा टोलमा एक दम्पत्तिको हत्या भएकाले परिवार बिचल्लीमा छन्, जहाँ इदको कुनै रौनक छैन । बलुवा टोलका शेख गफार र उनकी पत्नी सहनाज बेगमलाई अपराधीको समूहले गोली हानेर हत्या गरेका हुन् । हत्यापश्चात् टुहुरा बनेका गफारका दस सन्तानका लागि महापर्वले कुनै अर्थ राखेको छैन ।