- नेपालको सबै भन्दा ठुलो खसी हेर्न मानिसको घुइँचो
तनहुँ स्याम्घा गाविस अम्रेनीका किसानले पालेको १ सय ७० केजिको खसी ५० हजार मुल्यमा गैडाकोट ४ काग्रेस चोकका युवाहरुल्ो खरिद गरेका छन् । गैडाकोटका दिनेश राज न्यौपाने, मोती राम घिमिरे, श्रीराम सुवेदी लगायत ८ जनाको समुहले खरिद गरी ल्याउनु भएको हो । ४ वर्ष ३ महिना २७ दिनको खसिलाई गाडिभाडा सहित ६० हजार परेको दिनेश राज न्यौपानेले जानकारी दिनुभयो ।
