- क्यानाडाको मिस्सिसागामा महिलाको टाउको र खुट्टा भेटियो

मिसिसागा, १६ अगष्ट । क्यानाडाको ग्रेटर टोरोन्टोस्थीत मिसिसागा (Mississauga) भन्ने शहरको एउटा पार्कमा महिलाको टाउको र खुट्टा लगाएत शरीरका अन्य भागहरु भिन्ना भिन्ने स्थानमा भेटिएका छन् । पील रिजनल प्रहरीका अनुसार उक्त शरीरका भागहरु केही समयदेखि हराएकी महिलाको भएको बताइएको छ । मिसिसागा शहरको मिसिसागा रोड र इग्लीन्टन रोड नजिकैको Hewick Meadows Park पार्कमा हिजो बिहान खुट्टा भेटिएको र आज टाउको भेटिएको समाचारसूत्रले जनाएको छ । शरीरका विभिन्न भागहरु भेटिएको तर सबै भाग नभेटिएको तर ती सबै भागहरु एउटै व्यक्तिको हो वा हैन भन्ने बारेमा DNA टेस्ट हुँदै गरेको समाचारसूत्रजे जनाएको छ ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com