- फेरी केही बस धुर्घटना ८ जनाको मृत्‍यु

काठमाडौँ  २९ साउन । नेपाली तिर्थयात्री चढेको बस भारतको विहारमा दुर्घटना भएको छ । दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ भने ३२ जना गम्भीर घाईते  भएका छन् । बसमा रहेका तिथयात्री जनकपुरका रहेको भएपनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । बस  तिब्र गतिमा गुडेकाले दुर्घटना भएको बताईएको छ ।
त्यस्तै धादिङमा पनि वस  दुर्घटना भएको छ । धादिङको पिडा गाविस २ घाटवेसीमा रात्री वस पल्टिंदा ८ जना घाइते भएका छन । बर्दिवासबाट काठमाडौतर्फ आएको ना ३ ख १९८९ नम्बरको बस सोमबार बिहान ५ वजेतिर सडकमै पल्टिंदा ८ जना यात्रु घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरुलाई गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौ पठाईएको छ ।

Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com