- टाउकोमा आँखा भएको अनौठो बच्चा जन्मियो

नेपालगन्जमा टाउकोमा आँखा भएको बच्चाको जन्म भएको छ । करिब एक साता भयो, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा चार हात र चार खुट्टा भएको बालक जन्मिएको । टाउको एउटै भए पनि हात र खुट्टा चार/चार वटा रहेको ती बालकलाई स्वास्थ्यकर्मीहरूले जुम्ल्याहा बच्चाको रूप भनेका थिए ।
प्रसूतिका लागि दाङबाट आएकी खेमलता भण्डारीले यो अस्पतालमा बुधबार फरक प्रकृतिको बच्चालाई जन्म दिएकी छिन् । बच्चाको आँखा टाउकोमा रहेको छ भने नाकको प्वाल छैन । पुलिङ्ग जस्तो देखिएपनि बच्चाको लिङ्ग छुट्याउन सकिने अवस्था छैन । मुख समेत अत्यन्तै सानो रहेको बच्चाको काँधको आकार भने आवश्यक भन्दा ठूलो रहेको छ । खेमलताकी श्रीमान् नरेश भण्डारी पाँच महिना भयो, विदेश गएको । खेमलतालाई गर्भ रहेको आठ महिना बित्दा नै चिकित्सकहरूले बच्चाको शारीरिक अवस्था कमजोर रहेको जानकारी दिएका थिए । तर जस्तो बच्चा जन्मे पनि स्वीकार गर्ने चजेरै भण्डारीले बच्चा जन्माउने निर्णय गरेकी थिइन् ।

Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com