शान्ति प्रक्रिया टुङ्गिएन, संविधान पनि लेखिएन । दलहरु झन् विभाजित अवस्थामा पुगे । यसले गर्दा देशको अर्थतन्त्र पनि अघि बढ्न सकेन । यस्तो हुनुमा अहिलेका नेताहरूको दृष्टिकोण र क्षमतालाई प्रश्न उठाइन्छ । के त्यसो भए अहिलेका नेता फेर्यो भने सधैंको किचलोबाट निकास निस्केला त? सहमति भन्ने शब्द बिगत ४ वर्षदेखि नेताको मुखबाट सुन्दा सुन्दा नेपालीहरु दिक्क भइसके । तर ब्यवहारमा भने आ-आफ्ना मोर्चा बनाएर दलहरु झन बिमतितर्फ अघि बढ्दैछन । के समस्या भनेको अहिलेका नेता नै हुन् त? साझा सवालको यो छलफलका लागि हामीसँग हुनुहुन्छ मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एमाओवादी नेता देबी खड्का, कांग्रेस नेता महेन्द्र यादव र एमाले नेता योगेश भट्टराई ।
Watch Now >>
Showing posts with label Sajha Sawal. Show all posts
Showing posts with label Sajha Sawal. Show all posts
- साझासवाल: वर्तमान राजनीतिक गतिरोध
अहिलेको राजनीति हेर्ने हो भने न त सरकारले तोकेको समयमा चुनाव हुने देखियो न अव के गर्ने भनेर सहमति हुन सक्यो । न त अर्को चुनाव कहिले गर्ने भनेर दलहरू सहमत हुन नै सके । राजनीतिको यस्तो अन्योल कहिलेसम्म? दलहरूसँग यो अन्योललाई चिर्ने उपाय के छ त? यदि यो संवैधानिक संकट हो भने यो गाँठो कसरी फुक्न सक्छ? साझा सवालको यो बहसमा हामीसँग नेकपा (एमाले) का नेता एवं पूर्वगृहमन्त्री भीम रावल, पूर्वन्यायाधिवक्ता बद्रीबहादुर कार्की र एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटा ।
Watch Now >>
















