- नेपाल सुन्दरी सृष्टी श्रेष्ठको मिस वल्र्डमा कडा टक्कर

आगामी भदौ २ गते बिहानसम्म कुनै आश्चर्य भएन भने मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले मिस वल्र्ड २०१२ अन्तर्गतको ‘मल्टिमिडिया एवार्ड’  जित्ने सम्भावना प्रवल भएर गएको छ। बुधबार साँझसम्मको भोटिङअनुसार सृष्टि मिस वल्र्डको यो विधामा पहिलो नम्बरमा छिन्। सृष्टिले  बुधबार साँझसम्म सर्वाधिक ३४ हजार ५ सय मत पाएकी छिन्। दोस्रो स्थानमा भियतनामकी सुन्दरी भू होवाङ माई २७ हजार ७ सय मत  पाएकी छिन्। मिस वल्र्ड २०१२ को निर्णायक प्रतिस्पर्धा आगामी भदौ २ गते सम्पन्न हुँदैछ। सृष्टिलाई भदौ २ गते बिहानसम्म मिस वल्र्डको  आधिकारिक वेबसाइटमा रहेको फेसबुक फ्यान पेजमा गएर भोटिङ गर्न पाइन्छ। यो एवार्ड विजेता भए सृष्टि स्वतः उत्कृष्ट ५० भित्र पर्नेछिन्  र निर्णायक चरणका लागि छनौट हुनेछिन्। सृष्टि मिस वल्र्ड २०१२ को ‘कल्चरल डान्स राउन्ड’ को उत्कृष्ट १० मा समेत पर्न सफल भैसके की छिन्।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com