- प्रहरी भित्रै मौलायो अपराध, प्रहरी जवानले लीए आसाइको ज्यान
एक हप्ता पहिले आफनै सहयोगीव्दारा हत्या गरिएका ढोरपाटन प्रहरी चौकीमा कार्यरत प्रहरी सहयाक निरीक्षक नरबहादुर क्षत्रीको साथमा रहेको चाईनिज पेस्तोल र त्यस्को ७ राउण्ड गोली हालसम्म फेला परेको छैन । पेस्तोल र गोलीको खोजीमा ईप्रका बुर्तिवाङबाट प्रसनि बालकृष्ण शर्माको कमाण्डमा प्रहरीको एक टोली बोवाङ ९ ढोरपाटन गएको प्रहरीले बताएको छ । टोलीले हराएको पेस्तोल र घटनाको थप अनुसन्धान गर्ने जानकारी दिईएको छ ।
