- काठमाडौं नक्कली नोटको ट्रान्जिट बन्दै !
पछिल्ला केही महिनादेखि राजधानीमा भारतीय नक्कली नोट पक्राउ पर्न थालेका छन्। ठूलो परिमाणमा भेटिने नक्कली नोट अधिकांश त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै नेपाल भित्र्याइंदै गर्दा पक्राउ परेका छन् भने केही स्थल मार्गबाट पनि भित्र्याउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
