सरकारले अध्यादेश पठाउने तर राष्ट्रपतिले फर्काइदिने क्रम जारी रहँदा प्रधानमन्त्री र राष्ट्रपतिवीच शक्ति संर्घष बढ्दै जाने र टकरावको स्थीति सिर्जना हुने त्रास बढेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले अध्यादेश अस्वीकार गरेपछि सरकारको मनमा चिसो पसेको बताउनु भयो । ‘राष्ट्रपतिले सरकारलाई काम चलाउ भनेर चिठ्ठी लेख्दा प्रधानमन्त्रीले स्वीकार गर्नु भएकै हो । बजेट अध्योदश जारी गर्दा पनि सम्वन्ध राम्रै थियो’ उहाँले भन्नुभयो-’तर, असान्दर्भिक भन्दै रोक्नाले चिसो परेको छ ।’ एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले अध्यादेश अस्वीकार गरेर राष्ट्रपतिले राजनीति गर्न खोजेको आरोप लगाउनु भयो ।
