- बाबु–आमाबीचको झगडा, बाबुको मृत्यु र आमा थुनामा, बालिका अलपत्र
काठमाडौं, ४ भदौ । बाबु–आमाबीचको झगडामा बाबुको मृत्यु र आमा थुनामा परेपछि खोटाङको फेदी गाविस वडा नम्बर नौकी चार वर्षीया बालिका संरक्षणविहीन भएकी छिन्। संरक्षणका लागि आफन्त कोही नभएपछि चार वर्षीया अप्सरा अहिले जिल्ला प्रहरी कार्यालय भोजपुरको संरक्षणमा छिन्। घरायसी झगडाको क्रममा समला राईले खुकुरी प्रहार गर्दा गत साउन १० गते पति किरण राईको मृत्यु भयो। पतिको मृत्यु भएपछि समलालाई प्रहरीले कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालतमा मुद्धा चलाएको छ।
