भदौ ५ । दक्षीण भारतको वेङ्ग्लोर र हैदरावादमा जातीय हिंसा फैलीन सक्ने आशंकामा त्यहाका हजारौ नेपालीहरु घर छाडेर धमाधम घर र्फकन थालेका छन् । भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाका अनुसार आइतवारमात्र करिव ३ सय नेपाली मुम्बईबाट बिहारतर्फ लागेका छन् । बिहार हुँदै उनीहरु नेपाल फर्किनेछन् । नेपालीहरुको अनुहार उत्तरपूर्वी क्षेत्रका भारतीय नागरिकसँग मिल्ने र सोही आधारमा आफुहरुमाथि आक्रमण हुनसक्ने भन्दै नेपालीहरु पलायन भइरहेको पत्रिकाले जनाएको छ ।