दाङ, ५ भदौ । नेपाली कांग्रेसका नेता खुमवहादुर खड्कालाइ अदालतले भ्रस्टाचारी ठहर गरेको बिरोधमा कांग्रेस कार्यकर्ताले आज दाङ बन्द गरेका छन् । फैसला पुर्वाग्रही तथा अन्यायपूर्ण भएको भन्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले मंगलवार दाङ बन्दको घोषणा गरेका हुन् । मुद्दा पुनरावलोकनको माग गर्दै गरिएको बन्दका कारण बिहानैदेखि दाङमा सवारी साधन चलेका छैनन् ।