- बन्दले विरामीको बिजोक, डा. केसीको अवस्था अत्यन्तै गम्भीर
काठमाडौँ, १ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्या परेको छ । पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा नभई योग्य, इमान्दार र वरिष्ठताका आधार गर्न माग गर्दै प्रा डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनप्रति अस्पतालमा कार्यरत केही चिकित्सकले समर्थन जनाएपछि ती सेवा बन्द भएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा आमरण अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द के.सी. को स्वास्थ्य स्थिति अत्यन्तै गम्भिर भएको डाक्टरले बताएका छन् ।
