# आज मिस वल्र्ड २०१२ को फाइनल,फाइनलमा नेपालकी श्रृष्टी श्रेष्ठ
भदौ २ । आज चिनमा हुन गइरहेको मिस वल्र्ड २०१२ को फाइनलमा नेपालकी श्रृष्टी श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दै छिन । अघिल्ला बर्षहरुभन्दा यसपटक मिस वल्र्डप्रति नेपालीहरुको विशेष चासो समेत देखिएको छ । बिच ब्युटी प्रतियोगितामा उत्कृष्ट १० मा र्पन सफल भएकी श्रृष्टीले कुनै न कुनै उपाधी हात पार्ने अपेक्षा गरिएको छ । मिस र्वल्डको कुनै पनि सहायक टाइटलको उत्कृष्ट दशमा नेपाली सुन्दरी परेको यो पहिलोपटक हो ।
