- राजधानीमा सररर रात्रिबसैमा,पहिलो दिनमै यात्रु खचाखच

काठमाडौं, भदौ २ । बेलुका सार्वजनिक गाडी नपाइने चिन्ताले दिन ढल्कँदै जाँदा कामै छाडेर हिँड्नुपर्ने बाध्यताबाट राजधानीका कामकाजीले छुट्कारा पाएका छन् । काठमाडौ महानगरपालिका कार्यालय र यातायात व्यवसायीको लामो प्रयासपछि काठमाडौं र ललितपुरका केही क्षेत्रमा आजदेखि तीन घन्टा रात्रिबस सञ्चालन सुरु भएको छ  । ६ महिनाको आन्तरिक तयारीपछि यातायात व्यवसायीसँग मिलेर महानगरले बस चलाउन सुरु भएको  हो ।चक्रपथ लगायत काठमाडौं र ललितपुरका पाँच रुटमा बेलुका आठ बजेदेखि राति ११ बजेसम्म १४ वटा वस सञ्चालन हुनेछन् ।
चक्रपथ रुटमा कलंकी र कोटेश्वरबाट चार बस गड्नेछन् भने भित्री बाटोमा वीर अस्पताल अगाडिबाट कलंकी, कोटेश्वर, गंगालाल हृदय केन्द्र बाँसबारी जोरपाटी र लगनखेल हुँदै सातदोबाटो रुटमा बस गुड्ने छन् । महानगर र व्यवसायीको सम्झैताअनुसार पाँच रुटमा एकातिरबाट बस छुटेपछि त्यसको अर्कापट्टिबाट पनि अर्को बस एकै समयमा छुट्नेछन् ।

Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com