- यातायात व्यवसायी हडताल कत्तिको जायज हो ?
जेठ १४ पछि केही समय शान्त भएका सडक र गल्लीहरु फेरि आन्दोलनको थलो बनेका छन् । अर्थात केही समय विश्राम पाएको बन्दको सिलसिला फेरि शुरु भएको छ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सुक्रबार भएको वार्ता विना निश्कर्ष टुङ्गिएपछि आज पनि सार्वजनिक यातायातका साधन चलेका छैनन । सरकारी प्रतिनिधि र ब्यवसायीबीच सिंहदरवारमा भएको वार्तामा सहमति बन्न नसकेपछि आज पनि सर्वसाधारणले सास्ती ब्यहोनु परेको छ । दुबै पक्षले आ—आफ्नो अडान राखेपछि सरकारी पक्षले गृहकार्य गरेपछि मात्र पुन वार्तामा बस्ने भनेपछि वार्ता बिना निश्कर्ष टुङ्गिएको हो ।
