- ३० बर्ष भन्दा कम उमेरका महिला बैदेशिक राजगारीमा जान नपाउने !
काठमाडौं, साउन २५ । सरकारले साउदी अरेबिया लगायत खाडी मुलुकमा कामदारका रुपमा ३० बर्षभन्दा कम उमेरका नेपाली महिलाले जान नपाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले खाडी मुलुकमा गएका नेपाली महिला कामदारले यौनजन्य तथा अन्य विभिन्न यातना भोग्नु परेकाले सरकारले खाडी मुलुक जाने महिलाको उमेर ३० बर्षभन्दा बढि हुनुपर्ने निर्णय गरेको हो ।
