कलकत्ताबाट ट्रकमा राखेर काठमाडौं ल्याइएका ती भीमकाय एपिसीहरुलाई प्रहरी मुख्यालयमा राख्न सम्भव नभएपछि सामाखुशीस्थित प्रहरीकै एमटी शाखा परिसरमा राखिएको छ । यी एपिसिहरु भ्रष्टाचारका बारेमा अनुसन्धान र अध्ययन गर्न चाहनेहरुका लागी सबैभन्दा चाखलाग्दो विषय हुनसक्छन । छानवीनपछि यो घोटलामा कुल ४२ करोड मध्ये २८ करोड ८१ लाख ६१ हजार रुपैया अपचलन भएको देखिएको छ । सुडानको डार्फरमा थन्किएर रहेका ती एपिसीहरु देश बाहिर नलगि अन्य एपिसि भित्र ल्याउन नदिने अडान सुडान सरकारले राखेपछि थोत्रा एपिसीहरु नेपाल ल्याइएका हुन ।
- बहु चर्चित सुडान भ्रष्टाचारको प्रमाण काठमाडौ आइपुग्यो
प्रहरी संगठनको बहुचर्चित सुडान भ्रष्टाचारको प्रमाण थोत्रा आर्म्स पर्सनल क्यारियर (एपिसी) प्रहरीको सवारी शाखामा आइपुगेको छ। ३० करोड रुपैयाँ खर्च गरेर किनिएका थोत्रा एपिसी आइतबार काठमाडौं भित्रिएका हुन्।
